दोस्रो चरणको चुनावमा प्रकाशमान र निधिको समर्थन देउवालाई

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा पहिलो चुनावमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै सहयोग गर्ने भएका छन्।

प्रकाशमानले भेट्न चाक्सीबारी पुगेका सभापतिका प्रत्यासी देउवालाई समर्थन गर्ने बताएका हुन् । दोस्रो चरणमा सहयोग माग्दै हिँड्ने निधिको निवास पुगेका देउवालाई निधिले पनि सहयोग गर्ने बताएका हुन् ।

भेटघाटको क्रममा निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको हो।

सोमवार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान हुँदैछ ।

प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७ सय मत प्राप्त गरे।

सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरे।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। मतदानमा कूल ७६ मत बदर भएको थियो।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here