काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोधको बीच ४ अध्यादेश संसदमा पेश भएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठक एमालेको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेश गरे ।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेश गरे । त्यसै गरी यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि पेश मन्त्री बडूले बैठकमा पेश गरे ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् ।
मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।



























