‘होण्डा छ साथ ७’का विजेता घोषणा, सातै प्रदेशकाले पाए जनही १ लाख

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ को विजेताहरु घोषणा गरेको छ ।

बम्पर उपहार विजेता पाल्पाकी सावित्रा श्रेष्ठले १५ लाख जित्न सफल भएकी छन्। उनले सो उपहार आफूले खरिद गरेको होण्डाको डिलरबाट सो पुरस्कार लिन सक्ने होण्डाले जनाएको छ।

होण्डाले सातै प्रदेशका लागि पहिलो पटक सो योजना ल्याएको थियो। सोही अन्तर्गत सातै प्रदेशबाट एक–एक जनाले १ लाख जित्ने सक्ने योजनामा उल्लेख थियो। सोही अनुसार सातै प्रदेशका १ लाख जित्ने विजेताको पनि नाम घोषण गरिएको हो।

एक लाख जित्नेमा प्रदेश १ बाट एसटीसी विराटनगरकी रबिना चौधरी, प्रदेश २ बाट सिशका इन्टरप्राइजेजका रामप्रकाश यादव रहेका छन्।

प्रदेश ३ बाट एसटीसी टेकु सिटिजन्स बैंककी अनिना मानन्धर, प्रदेश ४ बाट कुँवर ब्रदर्सकी जमुना मुडभरी, प्रदेश ५ बाट अमृत इन्टरनेशनलका अनप्रसाद काफ्ले, प्रदेश ६ बाट न्यू बुलब्ल्यू अटो सेल्सकी तारा थापा र प्रदेश ७ बाट परशुराम थारुले १ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका हुन् ।

त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार रुपैयाँसम्म क्यास ब्याक पाएका छन् । यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here