क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने, ज्ञानेन्द्र र दीपेन्द्रलाई कारवाही

काठमाडौं, २९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएको छ ।

कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।

संघको बुधवार बसेको बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारवाही गरेको हो ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले दिएको जानकारी अनुसार अनुशासन उल्लंघनबारे गठन गरेको छानबिन समितिको सिफारिस अनुसार उनीहरुलाई कारबाही गरिएको हो ।

अनुशासन उल्लंघन आरोपमा सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय भएको छ ।

खेलाडीको केन्द्रीय सम्झौतालाई लिएर कप्तान मल्लसहित केही सिनियर खेलाडीले सार्वजनीक रूपमा गुनासो गरेका थिए।

खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको उनीहरूको गुनासो थियो। सोही विषयलाई लिएर सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र खेलाडी आचारसंहिता पालना नगरेको आरोप उनिहरुलाई लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here