काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस, चिसो अझै बढ्ने

काठमाडौं, १ पुस । उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि उपत्यकामा अघिल्ला वर्षको तुलनामा छिट्टै जाडो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस छ । महाशाखाले बिहान ६ बजे र पौने ९ बजे न्यूनतम तापक्रम मापन गर्दै आएको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश नं १ र बांकी पहाडी भु-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १ गते (बिहीबार)

दिउँसो : प्रदेश १ तथा बांकी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी ,गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २ गते (शुक्रबार)

दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीरहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

पुस ३ गते (शनिबार)

दिउँसो : देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा तथा बांकी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदलीरहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here