कोभिडविरुद्धको खोप नलगाएका कर्मचारीलाई जागिरबाट निकाल्दै गुगल

काठमाडौं । गुगलले कोभिड १९ को खोप नलगाउने कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ ।

कम्पनीको कोभिड १९ खोप नीति पालना नगर्ने कर्मचारीले जागिरबाट निकाल्न लागेको अमेरिकन टेलिभिजन सीएनबीसीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

गुगलले कर्मचारीलाई खोप लगाउन र लगाएको दस्तावेज अपलोड गर्न भनेको थियो । यस्तो नगर्नेलाई बेतलबी बिदामा राखिने र पछी जागिरबाट निकालिने बताइएको छ ।

गुगलले आफ्ना कर्मचारीहरुसँग डिसेम्बर ३ सम्म आफ्नो भ्याक्सिन लगाएको कार्ड कार्यालयमा पठाउने म्याद दिइएको थियो ।

तर केही कर्मचारीहरुले खोप नलगाएको वा खोप प्रमाणपत्र नपठाएको तथा धार्मिक वा चिकित्सा छुट नलिएकाले जनवरी १८ देखि ३० दिनको बिदामा राख्ने गुगलले बताएको छ ।

सो पश्चात कम्पनीले कर्मचारीलाई ६ महिनाको बेतलबी विदामा राखेर निकाल्ने छ । कम्पनीको खोप नीति कर्मचारीलाई सुरक्षित राख्ने शशक्त अभियान थियो ।

गुगलले आफ्नो खोप नीति अनुसार कर्मचारीलाई हरतरहबाट सहयोगका लागि तयार छौं । सो नीतिले गुगलको १५ लाख कर्मचारीको हितका लागी काम गरेको कम्पनीको दावी छ ।

तर नोभेम्बरको अन्तिमबाट ६ सय कर्मचारीले कम्पनीको जनादेशको विरुद्धमा घोषणापत्रमा हस्ताार गरेका थिए । जसलाई अपवादका रुपमा लिइएको बताइएको छ ।

(बिबिसीबाट अनुवादित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here