रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् ।

कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रिजालले राजीनामा बिहीबार राजीनामा दिने घोषणा गरेका हुन्।

१४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here