६७ देशबाट नेपाल आउँदा सात दिन क्वारेन्टिन अनिवार्य, खर्च सम्बन्धित व्यक्तिकै

काठमाडौं, ३ मंसिर । छिमेकी देश भारतसहित एसियाली देशहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएको छ ।

ओमिक्रोन नियन्त्रणको लागि देशहरुले अआफ्नै तरिकाले सुरक्षा व्यवस्था अपनाइरहेका छन् ।

१३ मंसिरको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसै अनुरुप ननेपालले ६७ देशवाट नेपाल आउनेलाई सात दिन क्वारेन्टिन अनिवार्य गरेको छ ।

अध्यागमन विभागले विज्ञप्ति निकालेर विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वारेन्टिन अनिवार्य गरेको हो ।

होटल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ।

नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here