एकदिन पनि टिकेट अध्यागमन विभागको निर्णय, होटल क्वारेन्टिनको नियम स्थगित

फाइलफोटो

काठमाडौं, ३ मंसिर । अध्यागमन विभागले ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वारेन्टिन बस्नु पर्ने नियम स्थगित गरेको छ ।

कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो ।

चर्को विवादकाबीच शनिबार अर्को सूचना जारी गरि अर्को सूचना जारी नभएसम्मका लागि यो नियम स्थगित भएको जनाएको छ ।

यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरि यसअघिका नियम भने यथावत राखेको विभागले जनाएको छ । ‘

सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचना भने यथावत रहेको समेत सूचनामा उल्लेख छ ।

१३ मंसिरको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसै अनुरुप नेपालले ६७ देशवाट नेपाल आउनेलाई सात दिन क्वारेन्टिन अनिवार्य गरेको थियो ।

होटल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको थियो ।

विभागका अनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्ने जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here