आज सेयर बजार बन्द

काठमाडौं, ४ पुस । सेयर बजार आइतबार बन्द भएको छ ।

मन्त्रिपरिषद्को पाैष १ गते, बिहीबार बसेकाे बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय छ ।

सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै बजार पनि बन्द हुने भएकाे हाे ।अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ ।

यसअघि बिहीबार गत साताकाे अन्तिम काराेबार दिन (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेकाे थियाे ।

सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा झरेको थियाे । कूल २२४ वटा कम्पनीकाे ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here