एनआरएन इन्फ्रास्टक्चरको लाभांश घाेषणा, बोनस र नगद कति ?

काठमाडौं, ४ पुस । गैर आवासीय नेपालीहरुको लगानी रहेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले नवाैँ वार्षिक साधारण सभा पुस २९ गते, बिहीबार हुनेछ ।

पुस १५ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष १४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here