घुमफिरमा निस्‍किँदै हुनुहुन्‍छ ? यी हुन् होटलबारे जान्नै पर्ने टिप्स

काठमाडौं । व्यस्त जीवनशैलीसँगै हामीलाई काम वा घुमघामको सिलसिलामा विभिन्न स्थानहरुमा यात्रा गरिरहेका हुन्छौं ।

सधै कामधन्दा, करियर, पढाई, परिवारको चक्करमा लागिरहँदा हाम्रो जीवन निरास र दिक्कलाग्दो हुनपुग्छ । त्यसको विकल्प हो, घुमघाम गर्ने ।

जमघट गर्नु, मिठो-मसिनो खानु, नाचगान गर्नु जस्तै घुमघाम पनि खुसीको एक स्रोत हो ।

मानिसहरु घुमघामलाई जीवनकै प्राथमिकतामा राख्छन् । एकै किसिमको दैनिकीबाट उम्किएर उनीहरु टाढाका गन्तव्यमा पुग्छन् । उन्मुक्त रमाउँछन् । यसले जीवनमा नयाँ उर्जा र उत्साह थप्छ भन्ने उनीहरुको मान्यता छ ।

यात्रालाई अविश्मरणीय बनाउन होटल र त्यसमा पाइने सुविधा महत्वपूर्ण पाटो हो । दिनभरको भ्रमणले थालेको ज्यानलाई आराम दिन र घरको वातावरणभन्दा केही फरक महसुश गराउन होटल सफल हुनुपर्छ ।

त्यसकारण यसलाई आतिथ्य उद्योग मानिन्छ । आज हामी यात्राका दौरान होटल छान्दा जान्नै पर्ने केही जरुरी उपायबारे चर्चा गर्नेछौं । यी उपाय तपाई देश भित्र या बाहिर जहाज जाँदा पनि काम लाग्न सक्छ स्

# तपाई होटलको अनलाईन बुक गर्दै हुनुहुन्छ भने यस होटेलको सेवा सुविधासँग सोही स्थानमा रहेका अन्य होटेलको सुविधाका बारे पनि सोधखोज र तुलना गर्नुहोस ।

# होटलमा चेक इन गर्दा लन्च र डिनरका सम्बन्धमा राम्रोसँग बुझ्नुहोस । किनकी ठूला र राम्रा होटलमा कोठाभन्दा बढी लन्च र डिनरको मूल्य पर्न जान्छ । यस अवस्थामा तपाईले कोठा मात्र बुक गरी खाना बाहिर रेष्टुराँमा गएर खान सक्नु हुन्छ । यसो गर्दा होटलवाला तपाईसँग रिसाउँदैनन् ।

# होटलका कोठा, त्यसमा प्रयोग भएका लत्ताकपडा र सरसफाई राम्रोसँग हेरेर मात्र बुक गर्नुपर्छ । साँघुरो कोठा, धेरै लामो समयसम्म प्रयोग नभएको कोठा छ भने अझ समस्या आउन सक्छ । वाथरुम, त्यहा राखिने सरसामानको सुविधाबारे पनि बुक अगाडि नै निश्चित गर्नुहोस ।

# बिहानै उठेर चिया पिउने बानी छ भने होटेलहरुले कोठामै आफै चिया बनाउन सक्ने गरी सुविधा राखिदिएका हुन्छन् ।

यसको मूल्य होटेलको कोठाकै मूल्यमा जोडिएको हुन्छ । यदि त्यस्तो व्यवस्था छैन भने तपाईले छुट्टै चिया या नास्ता मगाउनुपर्दा अतिरिक्त मूल्य लाग्न सक्छ । त्यसको निश्चित गरेर मात्र बुक गर्नुहोस ।

# राम्रो होटलहरुमा मिनी बार र फ्रिजमा खाद्य तथा पेय पदार्थको सुविधा हुन्छ । तर, यो तपाईले जति खान सक्नु हुन्छ, खानुस भनेर राखिएको होइन । त्यहाँ राखिएका खाद्य पदार्थ खाएपछि त्यसको अतिरिक्त मूल्य तिर्नुपर्छ । त्यसमा निश्चित भएर मात्र प्रयोग गर्नुहोस । नत्र नखानुहोस ।

# कुनै कुनै होटलले बाथरुममा प्रयोग गरिन सामानको पनि अतिरिक्त मूल्य लिने गर्छन् । त्यसो हो भने आफ्नो व्यवस्था तपाई आफै पनि गर्न सक्नुहुन्छ ।

# होटलमा बाहिरी कारणले कुनै समस्या छ, होहल्ला र सुविधाम बाधा आएको छ, बिना कुनै हिच्किचावट गुनासो गर्न नडराउनुहोस । किनकी त्यो होटलमा तपाईले पैसा तिरेर बसेको हो ।

# तपाई साँझ अबेर आउनु पर्नेछ या बिहान छिटो उठ्नुपर्ने छ, त्यसको जानकारी होटललाई अनिवार्य गराउनुहोस । किनकी उनीहरु त्यही अनुसार तपाईलाई सुविधा प्रदान गर्न तपाई हुन्छ ।

# तपाई होटेलमा बसुन्जेल तपाईका सरसामानको जिम्मा होटेलले लिन्छ । होटेलका कारण सामान हरायो अथवा टुटफूट भयो भन त्यसको गुनासो पनि गर्न सक्नुहुन्छ । तर, तपाई चेकआउट भएपछि भने तपाईका कुनै पनि सामानको जिम्मेवार होटल हुदैन । त्यसकारण होटलमा आफू कसरी सचेत हुने भन्नेमा चनाखो रहनुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here