६ खेलाडीसहित ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

काठमाडौं, ४ पुस । युवा तथा खेलकुद मन्त्रालयले विभिन्न विधाका खेलाडी, प्रशिक्षक तथा रेफ्रीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ खेलाडीसहित ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको हो।

मन्त्रालयबाट राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाउने खेलाडीहरुमा उसुतर्फ जुनी राई र दीपक हमाल, करातेतर्फ सुस्मिता तामाङ र एलेन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी र पारातर्फ केशव थापा रहेका छन्। उनीहरुले सम्मान पत्रसहित जनही १ लाख प्राप्त गरे।

रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्काले पनि प्रतिभा सम्मान प्राप्त गरे । उनी सम्मनपत्रसहित नगद १ लाखबाट पुरस्कृत भए ।

तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ । दुबैजनाले सम्मानपत्रसहित जनही नगद ५० हजार रुपैयाँ प्राप्त गरे ।

कार्यक्रममा हिमेश रत्न बर्जाचार्यसहित १० जनालाई खेलकुद पत्रकारिकता पुरस्कार प्रखान गरिएको छ । हिमेशलाई सम्मानपत्रसहित नगद ५० हजार प्रदान गरिएको छ ।

सन्जु पौडेल र ढोरपाटन दैनिकका विजयी नेपालीलाई समावेशीतर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । दुबैजनाले सम्मानपत्रसहित जनही नगद २५ हजार प्राप्त गरे ।

प्रदेशगत पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश नं १ का नमिन ढकाल, प्रदेश नं २ का बसन्त खतिवडा, वाग्मती प्रदेशका कुशल तिमल्सिना, गण्डकी प्रदेशकी सोनिता अर्याल, लुम्बिनी प्रदेशका दीपक न्यौपाने, कर्णाली प्रदेशका रमेश कुमार पाण्डे र सुदूरपश्चिम प्रदेशका विनोद सिंह विष्टलाई प्रदान गरिएको छ ।

सातैजनाले सम्मानपत्रसहित जनही नगद २५ हजार प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here