थप १८१ जनामा कोरोना पुष्टी, २८९ जना संक्रमण मुक्त

काठमाडौं, ४ पुस । पछिल्लो २४ घण्टामा देशभर १८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४हजार ८३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७३६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here