सर्वदलीय बैठक निष्कर्षविहीन, एमसीसीका विषयमा सत्तारुढ गठबन्धनमै विवाद

काठमाडौं, ४ पुस । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठक टुंगिएको छ । एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीचमै असहमति भएपछि सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो।

बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताहरुले एमसीसी पास हुनुपर्ने धारणा राखेका थिए भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतले एमसीसी संशोधन नभई पारित नहुने धारणा राखेका छन् ।

यसअघि बसेको सत्तारुढ पाँच दलको बैठकले पनि गठबन्धनका दलबीच सहमति भएपछि मात्रै एमसीसी संसदमा पेस गर्ने समझदारी गरेको थियो।

यसैबीच सर्वदली बैठकले नेकपा एमालेलाई सम्वादमा आउनु आह्वान गरेको छ। बैठकले संसद अवरोध नगरी निकासको वातावरण सिर्जना गर्न एमालेलाई आग्रह गरेको हो। आजको बैठकमा एमालेले सहभागिता जनाएको थिएन।

बैठकपछि सञ्चाकर्मीसँग बोल्दै सञ्चारमन्त्री कार्कीले एमसीसीका विषयमा सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले यस विषयमा छलफल गर्न एमाले अनुपस्थित भएको र कारण भने थाहा नभएको बताए ।

बैठकले संसद अवरोध र एमसीसीका सन्दर्भमा कसरी अघि बढ्न सन्दर्भमा ठोस निर्णय गर्न सकेको छैन भने प्रतिपक्ष दल एमाले नआएपछि ठोस निर्णय अघि बढ्न नसकेको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here