कांग्रेस केन्द्रीय सदस्यमा देउवा पक्षको कब्जा,१६ जना नयाँ अनुहार

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो । जसमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए।

खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत पाएका छन् ।

यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

कांग्रेसमा खुला केन्द्रीय सदस्यको संख्या ३५ जना निर्वाचित हुने विधानमा उल्लेख छ।

१४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार प्रवेश पाएका छन्।

यस पटक ३५ जनाका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। नयाँ अनुहारमा नेविसंघ, तरुण दलका अध्यक्षसहित पत्रकारसमेत छन्।

सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट निर्वाचित

१. एनपी साउद

२. बालकृष्ण खाण

३. उदयशमशेर राणा

४. रामहरी खतिवडा

५. रमेश लेखक

६ .ज्ञानेन्द्रबहादुर कार्की

७. शंकर भण्डारी

८. जिपछिरिङ लामा

९.गोपालमान श्रेष्ठ

१०. जितजंग बस्नेत

११. नैनसिंह महर

१२. सुनील बहादुर थापा

१३. मोहनबहादुर बस्नेत

१४. गोविन्द भट्टराई

१५. कुन्दनराज काफ्ले

१६. सुरेन्द्रराज पाण्डे

१७. पद्मनारायण चौधरी

१८. गुरु बराल

१९. राजीव ढुंगाना

२०. मदनबहादुर अमात्य

२१. उमेशजंग रायामाझी

२२. गणेश लामा

२३. कृष्णकिशोर घिमिरे

२४. डा. गोपाल दहित

२५. मोहन आचार्य

डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट निर्वाचित

१. अर्जुननरसिंह केसी

२. डा. रामशरण महत

३. दिलेन्द्रप्रसाद बडु

४. बलबहादुर केसी

५. दिपक गिरी

६. डा. गोविन्दराज पोखरेल

७. सञ्जयकुमार गौतम

८. दिनेश कोइराला

९. अजयबाबु शिवाकोटी

यी हुन् १६ नयाँ अनुहार

१) उदयशमशेर राणा

२) रामहरी खतिवडा

३) जितजंग बस्नेत

४) नैनसिंह महर

५) कुन्दनराज काफ्ले

६) गुरु बराल

७) सञ्जयकुमार गौतम

८) डा.गोविन्दराज पोखरेल

९) राजीव ढुंगाना

१०) दिनेश कोइराला

११) मदनबहादुर अमात्य

१२) अजयबाबु शिवाकोटी

१३) उमेशजंग रायामाझी

१४) गणेश लामा

१५) कृष्णकिशोर घिमिरे

१६) मोहन आचार्य