कांग्रेसका ३५ केन्द्रीय सदस्य, कसले ल्याए कति मत ?

काठमाडौं ४ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो । जसमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए।

कोइरालाले ३५ जनामध्ये उनले ३८३६ मत ल्याएका हुन्।

यसैगरी एनपी साउदले २९३७ मत ल्याएका छन्। बालकृष्ण खाणले २८७९, उदयशम्शेर राणाले २८४३, रामहरी खतिवडा २८३२, ज्ञानेन्द्रबहादुर कार्की २८२०, रमेश लेखक २७८०, शंकर भण्डारी २७६८, जिपछिरिङ लामा २७०२, अर्जुननरसिंह केसीले २६५० मत पाएका छन्।

केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धा गरेका थिए।

कसले कति मत पाए ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here