पाँच महिनामा २९ अर्बको लगानी प्रतिवद्धता, सबैभन्दा बढी सेवा क्षेत्रमा

काठमाडौं, ५ पुस । चालू आर्थिक वर्ष वर्ष २०७८/७९ को ५ महिनामा २९ अर्बको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पाँच महिना (मसिर १५ गते) सम्मको अवधिमा विभिन्न १२० आयोजना सञ्चालनको लागि कुल २९ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

विभागको तथ्यांक अनुसार यस अवधिमा सेवा क्षेत्रमा मात्रै साढे १५ अर्बको लगानी प्रतिवद्धता आएको छ ।

सेवामूलक ३५ वटा योजनाको लागि पाँच महिनामा १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

धेरै लगानी प्रतिवद्धता आएको दोस्रो परियोजनामा पर्यटन क्षेत्र रहेको छ । यस समयमा पर्यटनसँग सम्बन्धित ५५ परियोजनामा ९ अर्ब ५५ करोडको लगानी प्रतिवद्धता आएको छ ।

ऊर्जामूलक आयोजनाअन्तर्गत ५ करोड ६० लाख रुपैयाँमात्र वैदेशिक लागानी प्रतिवद्धता आएको छ ।

कृषि क्षेत्रमा क्षेत्रमा जम्मा ४ वटा परियोजनामा ६० करोडको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

त्यस्तै सबैभन्दा कम लगानी प्रतिवद्धता भने सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित आयोजनातर्फ आएको छ । ६ वटा परियोजनामा आधारित त्यसतर्फ ४५ करोड लगानीको प्रतिवद्धता आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here