सुनको भाउ तोलामै ८ सय रुपैयाँ घट्यो

काठमाडौं, ६ पुस । केही दिनयता लगातार बढेको सुनको भाउ मंगलवार भने घटेको छ ।

अघिल्लो दिनको तुलनामा मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार ९३ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९३ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। मंगलबारका लागि चाँदीकको मूल्य १२ सय ३५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here