थप २६० जनामा कोरोना पुष्टी, ३४९ जना संक्रमण मुक्त

काठमाडौं, ९ पुस । पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २३७ जना र ३ हजार ३३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २६ हजार ९०१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here