पश्चिमी वायुको प्रभाव: देशका केही भूभागमा हिमपात र हल्का वर्षाको सम्भावना

काठमाडौं, ११ पुस । पश्चिमी वायुको प्रभावका कारण आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भूभागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यससँगै पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना विभागको आकलन छ। आज बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पुस ११ गते (आईतबार)

दिउँसो : देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम र कर्णाली प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। सुदुर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ पुस १२ गते (सोमबार)

दिउँसो : देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

२०७८ पुस १३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। प्रदेश १ तथा प्रदेश २ को एक-दुई स्थान र बाकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना छ । देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू-भागको एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।