मध्य भोटेकोशीको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं, ११ पुस । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काराबार शुरु भएको छ ।

आइतवार प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

कम्पनीको पहिलो कारोबार १०० रुपैयाँमा भएको छ । पहिलो कारोबारका लागि यो कम्पनीलाई नेप्सेले न्यूनतम ९४.३९ रुपैयाँदेखि अधिकतममा २८३.१७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो ।

कम्पनीको ६ करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचिकृत भएको थियो ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MBJC सिम्बलबाट कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here