भायानेटको नयाँ वर्ष अफर: सुपथ मूल्यमा उच्च गतिको इण्टरनेट, अरु यस्ता छन् सुविधा

काठमाडौं, ११ पुस । नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले ल्याएको ‘मिनी इण्टरनेट प्लान’ ल्याएको छ।

उक्त योजनाअन्तर्गत थोरै इण्टरनेट प्रयोग हुने घरहरूमा ‘सुपर फास्ट’ इण्टरनेट सस्तोमा प्रदान गर्ने कम्पनीले जनाएको छ।

यस प्लान अन्तर्गत भायानेटले थोरै इण्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेछ । मिनी प्लान योजना अनुसार वार्षिक ग्राहक बन्नेलाई ७५ एमबीपीएस स्पीडको इण्टरनेट प्रतिमहिना ८०० रुपैयाँमै पाउने छन् ।

साथै, भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ । यस सिम मार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउने छन् ।

त्यस्तैगरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो । जुन इण्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इण्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो ।

यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र रू. १२५० प्रति महिनामा १७५ एमबिपिएस इण्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।

मिनी इण्टरनेट प्रोडक्ट लाइनका साथ भायानेटले आम जनमानस मात्र नभई उच्च स्पीड इण्टरनेट चाहिने तर कम इण्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्दछ ।

भायानेट, नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इण्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here