शेयर बजारमा उछाल, नेप्से ७१ अंकले बढ्दा २९ कम्पनीको मूल्य उच्च वृद्धि

काठमाडौं, ११ पुस । शेयर बजार उच्च अंकले वृद्धि भएको छ ।

साताको कारोबारको पहिलोदिन ७१ अंकले बढेको बढेको हो । नेप्से साताको कारोबारको अन्तिम दिन विहीवार १२ अंकले बढेको थियो भने बुधवार ९२ मंगलबार ५६ अंकले बढेको थियो ।

आइतवार नेप्से ७१.२० अंकले बढेर २५९१. ४२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३१ कम्पनीको ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँ बराबरको ८६ लाख १ हजार ५६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ वटा समूह बढेका छन् भने २ वटा राताम्मे भएको छ ।

सबैभन्दा धेरै मूल्य बढ्नेमा जिवन र निर्जीवन बीमा कम्पनी रहेका छन् । नेप्सेका अनुसार आज २९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।

आज नेशनल लाइफ, युनियन लाइफ, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु, प्रडेन्सियल, लुम्बिनी जनरल, एशियन लाइफ, प्राइम लाइफ, गुँरास लाइफ, रिलायन्स, प्रभु लाइफ, ज्योति लाइफ, सानिमा लाइफ इन्स्योरेन्स र मध्यभोटेकोशी जलविद्युत्को शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, जनलर इन्स्योरेन्स, सूर्य लाइफ, एलएलजी इन्स्योरेन्स, नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट, बोटलर्स नेपाल, किसान लघुवित्त, नेको इन्स्योरेन्स र कालिका लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here