थप २१९ जनामा कोरोना पुष्टी, २८३ जना संक्रमण मुक्त

काठमाडौं, ११ पुस । पछिल्लो २४ घण्टामा देशभर २१९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार २७१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २८३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार ७८० पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here