न्यून चापीय प्रणालीको प्रभाव बिहीवारसम्म,केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १२ पुस । पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पुस १२ गते (सोमबार)

दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ पुस १३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पुस १४ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू-भागको केही स्थानहरुमा हल्का वर्षाको संभावना साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here