२१ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिन अवधिको २ अर्ब गरी जम्मा २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

९१ दिन अवधिको ट्रेजरी बिल आगामी चैत १५ गते परिपक्व हुनेछ भने १८२ दिने बिल २०७९ असार १४ गते र ३६४ दिने बिल २०७९ पुस १२ गतेमा परिपक्व हुनेछ।

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबारबार ट्रेजरी बिल जारी गर्नेछ।

यसअघि पनि राष्ट्र बैंकले यही मंसिर पाँच गते १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।