ओमिक्रोन प्रभाव: एकैदिन १४ सय उडान रद्द

काठमाडौं १२ पुस । सोमबार १४ सय भन्दा बढी उडान रद्ध भएका छन् ।

उडान ट्रयाकिङ गर्दै आएको ‘फ्लाइट अवेअर डटकम’ नामक वेबसाइटका अनुसार बढ्दो ओमिक्रोन संक्रमणबीच चिनियाँ र अमेरिकी गन्तव्यका सबैभन्दा बढी उडान रद्द गरिएका हुन् ।

फ्लाइट अवेअरका अनुसार केही चालक दलमा कोभिड पोजेटिभ देखिएको तथा केही आइसोलेशनमा बस्नुपरेकोले उडान रद्द गर्नुपरेको हो ।

हङकङले केही उडानहरुमा कोभिडका केस देखिएको भन्दै सम्पूर्ण उत्तर कोरियाका उडानहरु रद्द गरिसकेको छ ।

उडान रद्द गर्दा चिनियाँ र अमेरिकी वायु सेवा कम्पनी सबैभन्दा बढी प्रभावित भएका छन् ।

शुक्रबारदेखि शुरु भएको क्रिसमसमा ८ हजार भन्दा बढी उडान रद्द भएका छन् । कुल उडानको तुलनामा यो सामान्य भएपनि अन्य समयको तुलनामा बढी भएको हो ।

यसले हवाइ क्षेत्रमा अर्बौको नोक्सान हुने देखिएको छ । सोमबार विशेषगरि चिनियाँ कम्पनीहरु चाइना इस्टर्न, एयर चाइनालगायतले सबैभन्दा बढी उडान रद्द गरेका छन् । ओमिक्रोन अमेरिकाका विभिन्न प्रान्तमा प्रान्तमा फैलिएको छ ।

-बिबिसीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here