थप २७१ जनामा कोरोना पुष्टी, २२५ जना संक्रमण मुक्त

काठमाडौं, १२ पुस । पछिल्लो २४ घण्टामा देशभर २७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७२९ जनाको एन्टिजेन परीक्षण गर्दा २० गरी २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ५२२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here