रसुवाको हिमाली भेगमा प्रहरीको गस्ती (फोटो फिचर)

काठमाडौं, १२ पुस । रसुवा प्रहरीले हिमाली भेगमा गस्ती गरेको आकर्षक तस्वीर सार्वजनिक गरेको छ । प्रहरीले नियमित गस्ती गर्दा हिउँ परेका कारण सो भेग निकै लोभलाग्दो देखिएको छ ।

रसुवामा गोसाइँकुण्ड, लाङटाङ सहितका पर्यटकीय आकर्षणका गन्तब्य रहेका छन् । जहाँ यो मौसममा पुग्न भने निकै कठिन हुन्छ ।

तुलानात्मक रुपमा हिमपातको समयमा वन्यजन्तु चोरीशिकार बढी हुने भएकाले गस्ती प्रभावकारी पनि हुने गरेको छ ।

हिउँमा फसेका मृगलगायत जनावर र चिसोले झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपात पछि हिमाली क्षेत्रका बासिन्दा हुल बाँधेर शिकार खेल्न जाने गर्छन् । त्यसको लागि पनि प्रहरीले उच्च निगरानी गर्ने गरेको पाइन्छ ।

तस्विर: जिल्ला प्रहरी कार्यालय रसुवाको पेजबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here