महालक्ष्मी विकास बैंकको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, १३ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महालक्ष्मी विकास बैंकको सेयरमूल्य समायोजन भएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ७० रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय ६४ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here