झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब १२ करोडमा सीमित

काठमाडौं, १३ पुस । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३० कम्पनीको ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँ बराबरको ५८ लाख २८हजार ७८३ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ६ वटामा बढेको छ भने अन्य ७ वटा राताम्मे भएका छन् ।

सामान्य अंकले घटेको बजारमा बैंकिङ ८ होटल तथा पर्यटन १०, निर्जीवन बीमा ३५, माइक्रोफाइनान्स २६ र जीवन बीमा समूह ३९ अंकले घटेको छ ।

ब्यापार १६, विकास बैंक ४, जलविद्युत २४, फाइनान्स १४, उत्पादन १३७ र अन्य उपसमूह ३ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छ ।

नेशनल हाइड्रो डेभलपर ५.३६, जानकी फाइनान्स ४.८५, गुडविल फाइनान्स ४.२८, श्री इन्भेष्टमेन्ट, घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, पोखरा फाइनान्स, माउन्टेन इनर्जी, पोखरा फाइनान्स, जोशी हाइड्रोपावर, बेस्ट फाइनान्स र सेन्टर फाइनान्सको मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको २६ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक २५ करोड र नेपाल पुनर्बीमा झन्डै १३ करोडको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here