थप २६४ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं, १३ पुस । पछिल्लो २४ घण्टामा देशभर २६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ७६३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here