चन्द्रागिरिसहित उपत्यका नजिकैका डाँडाहरूमा हिमपात (फोटोफिचर)

काठमाडौं, १४ पुस । काठमाडौंको चन्द्रागिरि, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ।

पश्चिमी वायुको प्रभावले बुधबार बिहान देशका विभिन्न ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।

यसैबीच काठमाडौं उपत्यका वरिपरिका अग्ला डाँडाहरूमा पनि हिमपात शुरू भएको छ । पर्यटकीय क्षेत्रका रुपमा परिचित काठमाडौंको चन्द्रागिरि हिल्सलगायत क्षेत्रमा हिमपात भइरहेको छ ।

चन्द्रागिरमा हिमपातले सेताम्य भएको चन्द्रागिरि हिल्सले जनाएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ ।

हरेक वर्ष चन्द्रगिरीलगात काठमाडौं वरपरका डाँडमा हिमपात भएसँग मानिसहरु हिउँ खेल्न पुग्ने गर्छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तस्विर: चन्द्रगिरि हिल्स लि.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here