पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, १४ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमाको सेयरमूल्य समायोजन भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ४ रूपैयाँ ७२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ८७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको वार्षिक पाचौँ वार्षिक साधारण सभा पौष २२ गते, बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीले सञ्चालक समितिले निर्णय गरे अनुसार चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित अन्य प्रस्तावहरु समेत पारित गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here