मञ्जुश्री फाइनान्सको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १४ पुस । नेप्सेमा सूचीकृत ५ कम्पनीको लाभांश पाउन शेयर किन्ने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ ।

चिलिमे जलविद्युत् कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, इन्फिनीटी लघुवित्त वित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

पाँचै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस १५ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

मञ्जुश्री फाइनान्सको मंसिर २४ गते, शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सोहि प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा वार्षिक साधारण सभा आव्हान गरेको छ ।

चिलिमे जलविद्युत्ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २३ गते वार्षिक साधरण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको मंसिर ४ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

संस्थाको पाचौँ वार्षिक साधारण सभा पौष २७ गते, मंगलबार होटल द नारायणी, गैँडाकोट, नवलपरासीमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले नवौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here