क्यान इन्फोटेकको ‘स्टल बुकिङ’ बिहीवारदेखि, यसरी गर्नुहोस् अनलाइनबाट बुकिङ

काठमाडौं, १४ पुस । क्यान इन्फोटेकको २७ औं संस्करण आउँदो माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

आईएमई पे को शीर्ष प्रायोजनमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ । आईएमई पे क्यान इन्फोटेक २०२२ को लागि स्टल बुकिङ बिहीवार खुल्ला हुने भएको छ ।

बिहीवार १० बजेदेखि अनलाइनबाटै स्टल बुकिङ गर्न सकिने क्यान महासंघले जनाएको छ । अनलाइन स्टल बुकिङ stalls.can.org.np बाट गर्न सकिने छ ।

क्यान महासंघका अनुसार मुख्य हल ब्रान्डिङ उद्देश्यका लागि मात्रै उपलब्ध रहेको छ । अनलाइन स्टल बुकिङ गर्दा जम्मा रकमको ५० प्रतिशत रकम दिनु पर्नेछ भने बाँकी रकम कार्यक्रम सकिएपछि दिनुपर्नेछ ।

बुकिङ गर्दा ई-बैंकिङ, कनेक्ट आईपीएस, क्युआर कोड वा बैंक खाता रकम पठाउन सकिने छ । इन्फोटेकको २७औँ संस्करण गत वैशाख २८ देखि जेठ २ गतेसम्म हुने गरी तयारी गरिएको भए पनि कोभिड–१९ महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको थियो ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ ।

यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुपमा आयोजना हुने गरी तयारी बढाइएको छ । क्यान मेला प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन्।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक २०२२ को टिकटको मुल्य १ रुपैया हुनेछ ।

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी लिन सक्नेछन् ।

त्यस्तै आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।

क्यान इन्फोटेकको यो संस्करण करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

क्यान इन्फोटेक ‘भौतिक र भर्चुअल’ दुवै स्वरुपमा, टिकटको मूल्य १ रुपैयाँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here