थप २२० जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं, १४ पुस । पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पीसीआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गर्दा २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ९८३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५३ जना संक्रमण मुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here