मुद्दती निक्षेपमा २८ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २८ करोड ६ लाख रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

बैंकले बुधवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी माघ देखि २०७९ माघ १ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका कम्पनीहरुका लागि बैंकले निक्षेपमा राख्ने रकम छुट्याएको छ ।

बैंकले क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ गरी कूल २८ करोड ६ रुपैयाँ लगानी गर्न लागेको हो ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस १८ गते २ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

यस्ता छन् शर्तहरुः

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here