बिहीवार देशभर सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं, १४ पुस । सरकारले भोलि सार्वजनिक बिदा घोषणा गरेको छ ।

१५ गते बिहीवारका दिन गुरुङ समुदायले मनाउने तमु ल्होसार परेको हुनाले सो अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्।

भोलिको लागि उता गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा बिदा दिने निर्णय गरिसकेको छ । यसअघि नेपाल सरकारले यो वर्षको सार्वजनिक बिदासूची सार्वजनिक गरेको बखत सम्बन्धित धर्मावलम्वीहरुलाई बिदा दिने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here