टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य

काठमाडौं, १५ पुस । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् ।

सरकारले टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकाल सकिन एक हप्ता अघि विदामा बसेपछि निमित्तमा वैद्य नियुक्त गरेको हो ।

अधिकारीको कार्यकाल पुस २२ मा सकिँदैछ । वैद्य हाल टेलिकमको प्रमुख प्राविधिक अधिकृतमा कार्यरत छिन् । नयाँ प्रबन्ध निर्देशक नियुक्ति नहुँदासम्म वैद्य निमित्त प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहनेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here