यतीको अंग्रेजी नयाँ वर्ष अफर: १५०० रुपैयाँमा काठमाडौं-सिमराको टिकट

काठमाडौं, १६ पुस । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न सस्तो टिकट अफर ल्याएको छ ।

यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै सस्तो टिकट अफर ल्याएको हो ।

मोबाइल एपबाट प्रोमो कोड ‘एचएनवाइ २०२२’प्रयोग गरी काठमाडौं-सिमरा वा सिमरा-काठमाडौंको टिकट १५०० रुपैयाँमा काट्न सकिने एयरलाइन्सले जनाएको छ ।

यो अफर डिसेम्बर ३१ देखि जनवरी ४ तारिख (पुस १६ देखि २० गते)सम्म लागू हुने एयरलाइन्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here