१ करोड ३८ लाखले प्रयोग गर्छन् फोरजी सेवा, नेपाल टेलिकम मात्रै ७४ लाखभन्दा धेरै

काठमाडौं, १६ पुस । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या १ करोड ३७ लाख नाघेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार कात्तिक महिनासम्ममा नेपालभर १ करोड ३७ लाख ८७ हजार ४१९ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

असोज महिनाको तुलनामा कात्तिकमा फोरजीका ग्राहक ९ लाख २७ हजार २७८ ले बढेका छन् । गत असोजमा फोरजी प्रयोगकर्ता १ करोड २८ लाख ६० हजार १४१ रहेको प्राधिकरणको एमआईएस रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार सबैभन्दा बढी फोरजी प्रयोगकर्ता नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का रहेका छन् ।

नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ७४ लाख ८५ हजार ४३० जना रहेका छन् । गत असोजमा टेलिकमका ६६ लाख ३४ हजार ६५ फोरजी ग्राहक थिए । असोजको तुलनामा टेलिकमले कात्तिक महिनामा ८ लाख ५१ हजार ३६५ फोरजी ग्राहक बढाएको छ ।

टेलिकमले १७ पुस २०७३ बाट फोरजी सेवा शुरू गरेको थियो । टेलिकमले २०७६ माघदेखि ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको थियो । तर, बल्ल पछिल्लो समयमा यसको फोरजी प्रयोगकर्ता बढ्न थालेका हुन्।

एनसेलको मात्रै ६० लाखभन्दा धेरै

प्राधिकरणको तथ्यांक अनुसार दोस्रो नम्बर एनसेल रहेको छ । असोजको तुलनामा कात्तिकमा एनसेलका ग्राहक भने सामान्य बढेका छन् । यो एक महिनाको अवधिमा एनसेलले ८८ हजार ७६४ ग्राहक बढाएको छ ।

जसका फोरजी प्रयोगकर्ता ६१ लाख ४८ हजार २४४ रहेका छन् । उता स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेका छन् । असोजमा १ लाख ६७ हजार ९६ फोरजी ग्राहक रहेका कम्पनीका कात्तिकसम्म आईपुग्दा घटेर १ लाख ५३ हजार ७४५ भएका छन् ।

पछिल्लो समय नेपाल टेलिकम र एनसेलले गाउँ गाउँमा फोरजी विस्तार गरिरहेका छन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन् ।

एक महिनामै बढे ९ लाख

गत असोजको तुलनामा कात्तिकमा फोरजीका ग्राहक ९ लाख २७ हजार २७८ ले बढेका छन् । गत असोजमा फोरजी प्रयोगकर्ता १ करोड २८ लाख ६० हजार १४१ रहेको प्राधिकरणको एमआईएस रिपोर्टमा उल्लेख छ ।

यो एक महिनाको अविधिमा नेपाल टेलिकमले ८ लाख फोरजी प्रयोगकर्ता बढाएको छ भने एनसेलले करिब १ लाख फोरजी प्रयोगकर्ता बढाएको छ । टेलिकम र एनसेलले फोरजी प्रयोगकर्ता बढाउँदा स्मार्ट टेलिकमका भने फोरजी ग्राहक घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here