नबिल र कृषि विकास बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य कति ?

काठमाडौं, १६ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल र कृषि विकास बैंकसहित ५ कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन भएका कम्पनीहरुमा नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।

फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ६२ रूपैयाँ ९६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८५ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

हिमालयन डिष्टीलरीकाे ७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ हजार ९ सय २५ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६ हजार ८ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

गुडविल फाइनान्सकाे ९.१० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ३३ रूपैयाँ ४६ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ८२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

आइतबारबाट यी कम्पनीहरूको कारोबार समायोजन भएको मूल्यबाट सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here