थप २३५ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

काठमाडौं, १६ पुस । पछिल्लो २४ घण्टामा देशभर २३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार ४३१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here