सिद्धार्थ बैंकसहित ४ कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य कति ?

काठमाडौं, १८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकसहित ४ कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन भएका कम्पनीहरुमा सिद्धार्थ बैंक लिमिटेड, सेन्ट्रल फाइनान्स र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त रहेका छन् ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९० रूपैयाँ ७६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले अन्तिम कारोबार मूल्य ४ सय ६५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यो कम्पनी मर्जर प्रक्रियामा रहेकाले लामो समयदेखि यसको दोस्रो बजार कारोबार रोक्का छ ।

त्यस्तै सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ६ रूपैयाँ १३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ६४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ७२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८२ रूपैयाँ ०८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ११ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here