थप २१६ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४ हजार ९७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here