मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं, १८ पुस । मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना पोजिटिभ देखिएका ४ खेलाडीमा लियो मेस्सी, जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजाला रहेका छन् । क्लबका सबै खेलाडीको कोरोना परीक्षण गराएकोमा चार जनामा संक्रमण पुष्टी भएको पीएसजीले जनाएको छ ।

उनीहरु हाल आइसोलेसनमा छन् । उपयुक्त स्वास्थ्य प्रोटोकलको निगरानीमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here