हिमालयन र सेञ्चुरी कमर्सियल बैंकसहित ६ कम्पनीको सेयरमूल्य समायोजन, कुनको मूल्य कति ?

काठमाडौं, १९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन र सेञ्चुरी कमर्सियल बैंकसहित ६ कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन भएका कम्पनीहरुमा हिमालयन बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड र प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय २६ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

हिमालयन बैंक लिमिटेडको २१.३८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९८ रूपैयाँ ७५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

कालिका पावर कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५० रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय ९५ रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको ७.०१ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ६८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ६७ रूपैयाँ २ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here