माघ १३ गतेसम्म जीवन विकास लघुवित्तको शेयर १०० रुपैयाँमा किन्ने अवसर !

काठमाडौं, १९ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पौने ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थाले संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता शेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

बिक्रीमा शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेस गर्न पाउनेछन्। न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ।

माघ १३ गतेसम्म विद्यामान संस्थापकले शेयर खरिदका लागि आवेदन नदिए संस्थाले पुनः सार्वजनिक सुचना जारी गरी बाहिरका लगानीकर्तालाई बोलकबोल आह्वान गर्नु पर्नेछ ।

उक्त बोलकबोलमार्फत् अहिले प्रतिकित्ता साढे ४ हजार रुपैयाँमा खरिद गरिरहेका लगानीकर्ताले संस्थाको शेयर १ सय रुपैयाँमै खरिद गर्ने मौका सर्वसाधारणलाई समेत हुनेछ ।

आवेदन मोरङको कटहरी–२ स्थित केन्द्रीय कार्यालय र धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाण्डौ नागपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। आवेदन माघ १३ गते बैंकिङ समयसम्म पेस गर्नुपर्नेछ।

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन भने बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

माघ १३ गते ३ बजे सम्म प्राप्त भएका बोलपत्रहरु माघ १६ गते आइतवार बिहान १० बजे एनएमबि क्यापिटलमा खुल्ने जानकारी गराएको छ । विक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

8.indd

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here